काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगन्जमा कार्यरत डिएसपीसहित २२ प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार संक्रमित प्रहरीलाई आइसोलेसनमा राखिएको छ । महारागन्ज वृत्तमा मनमैजुमा भएको हत्याकाण्डका एक आरोपितबाट कोरोना सरेको बताइएकाे छ ।
साउन ३१ गते प्रहरीले मनमैजु हत्यामा संलग्न ४ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुमा कोरोना संक्रमण रहेका कारण तिनै व्यक्तिबाट प्रहरीमा कोरोना सरेको हो ।
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७