भरतपुर । चितवनको भरतपुर अस्पतालवाट भागेका १९ वर्षीय कोरोना संक्रमित पक्राउ परेका छन् ।
१९ वर्षीय ती संक्रमितलाई प्रहरीले नुवाकोट बेलकोटगढी-५ कोल्फुटार (गल्छीबाट २ किमी भित्र) बाट प्रहरीले पक्राउ गरेको हो ।
नेपाल प्रहरीको चेकिङको क्रममा उनी फेला परेको चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनलाई नुवाकोटमै आइसोलेसनमा राख्नको लागि समन्वय गरिएको उनले बताए ।
प्रहरीकाअनुसार उनी साइलक चढेर चितवनबाट त्यहाँ पुगेका थिए ।
चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनी मंगलबार बिहान त्यहाँबाट भागेका थिए ।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७