हेटौँडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा भदौ १५ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ।
कोरोना संक्रमणको जोखिम कायमै रहेकाे निष्कर्ष निकाल्दै १५ गतेसम्मका लागि निषेधाज्ञा थपिएकाे हाे ।
यसअघि २६ साउनमा ९ भदौसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।
हेटौँडा उपमहानगरपालिका पूरै र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै निषेधाज्ञा थप गरिएको हो ।
सोमबारको बैठकले भदौ ९ गतेबाट १५ गतेसम्म निषेधाज्ञालाई अहिलेकै अवस्थामा जारी राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए।
प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७