काठमाडाैं । डोल्पाको ठूलीभेरी नगरपालिकामा विषालु च्याउ खाँदा ४ जना गम्भीर बिरामी परेका छन् ।
आइतबार साँझ जंगली च्याउ खाएका ठूरीभेरी नगरपालिका–७ का ३३ वर्षका उत्तमबहादुर शाही, ३१ वर्षका सुर्यबहादुर साही, वडा नम्बर ८ का ३३ वर्षका कमलबहादुर शाही र वर्ष ४४ को सत्यबहादुर शाही गम्भीर बिमारी परेका हुन् ।
बिहान ७ बजे बिरामी भएको खबर भएपछि स्थानीय तहको समन्वयमा काठमाडौंबाट सिम्रिक एयरको हेलिकोप्टर मगाएर उपचारका लागि नेपालगन्ज पठाइएकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७