काठमाडौं । उपत्यकाका ३ वटै जिल्लामा अब बिहान सवा ९ बजेसम्म मात्र खाद्यान्न तथा तरकारी पसल खोल्न पाइने भएको छ ।
यसअघि ७ बजेसम्म मात्रै पसल खोल्न पाइने नियम परिवर्तन गर्दै ३ वटै जिल्ला प्रशासन कार्यालयले बिहान सवा ९ बजेसम्म खोल्न पाइने बनाएका हुन् ।
दूध, तरकारी, खाद्यान्न, माछामासु लगायतका खाद्यजन्य पसलको लागि यो आदेश लागू हुनेछ । पानी र स्वास्थ्य सामग्री तथा औषधि पसलको लागि भने समय तोकिएको छैन, निर्वाध रुपमा खाेल्न पाइनेछ ।
कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौँ उपत्यकाका ३ जिल्लामा ३ गतेदेखि १० गतेसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७