एनआरएन एनसिसी अमेरिकाको निर्वाचन नजिकिदै जाँदा नेतृत्वका लागि आकांक्षीहरुले आफ्नो उम्मेदवारी घोषणा गर्दै अघि बढिरहेका छन । यही महिनामा हुने निर्वाचनमा अमेरिकाको १६ वटा राज्यका शाखाबाट एनआरएनका प्रतिनिधले सहभागिता जनाउँदै छन भने अन्य प्रतिनिधिले पनि सहभागीता जनाउँदै छन । निर्वाचनमा एनआरएन म्यारिल्याडका अध्यक्ष जेदु पोखरेलले उपाध्यक्षमा उम्मेदवारी दिएका छन । उनले आफ्नो कार्यकालमा मेरिल्याण्डमा धेरै राम्रो काम गरेको भन्दै आफू उपाध्यक्षको अब्बल उम्मेदवार रहेको बताएका छन । उनले आफू निर्वारोध अध्यक्षमा निर्वाचित भएपछि गरेका तीन प्रतिवद्धता कार्यान्वयन गरेको बताएका छन । उनले त्यसबेला मेरिल्याण्डमा बसोबसा गर्ने नेपालीहरुको बास्तविक तथ्यांक संकलनका लागि पहल गर्ने, त्यहाँको यातायात प्रशासन जसले सवारीचालक प्रमाणपत्र जारी गर्छ त्यहाँ नेपाली भाषालाई मान्यता दिलाउन प्रयत्न गर्ने र त्यहाँको नेपाली समूदायको सहजताका लागि आफ्नै सामूदायिक भवन बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले तत्काली समयमा जाहेर गरेका मध्ये दुई प्रतिबद्धता पूर्णरुपमा कार्यान्वयन समेत भैसकेको छ भने एउटा पहलकदमीकै अवस्थामा रहेको छ ।
उनले यी तीन बाहेक पनि अरु धेरै कामहरु गरेको बताएका छन । उनले गर्भनर कार्यालय र युएस सेन्सससँगको सहकार्यमा मेरिल्याण्डमा १३ हजार नेपाली रहेको तथ्य सार्वजनिक गरेका छन । पोखरेलले जनसंख्याको आँकडा उपलब्ध गराउन सहयोग गरेकोमा गर्भनर कार्यालय र युएस सेन्ससलाई धन्यवाद समेत दिएका छन । पोखरेलले आफ्नै नेतृत्वको समितिको पहलमा मेरिल्याण्ड राज्यमा सवारी चालक अनुमति पत्रको परीक्षा दिँदा नेपाली भाषामा दिन पाइने व्यवस्था मिलाएका छन । पोखरेलले नेपालीको मातृ भाषालाई अमेरिकी राज्ययमा मान्यता दिलाउन पाउँदा आफूलाई गौरवको अनुभुति भएको बताएका छन । पोखरेले सामूदायिक भवनका लागि पहल भैरहेको बताएका छन । उनले परिवर्तनले नेपाली समाज पनि ठूलो हुँदै गएको भन्दै समूदायको आवश्यकता पनि बढ्दै गएकोेले तीनको आवश्यकता परिपूर्तिका एकै ठाउँमा जुटेर छलफल र सल्लाह गर्ने एउटा निश्चित स्थान हुनु आवश्यक रहेकोमा जोड दिए । उनले सामूदायिक भवन निर्माणका लागि बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका लगायतको संस्थासँग सहकार्य सुरु गरेको बताएका छन ।
उनले मेरिल्याण्ड वासिङटन डिसीसँग जोडिएर रहेको कारण एनआरएन एनसीसी युएसएका हेटक्वाटर रहनु पर्ने बताएका छन । उनले युएसए लेयर्स अभियानलाई हरतरहले साथ र सहयोग गरोस भन्ने चाहना रहेको बताए । उनले भवन निर्माणका लागि सबैको सहयोग हुँदा अझ चाँडो हुने बताए । अमेरिकी सरकारले नेपालमा भूकम्प गएलगत्तै कागजातबिहीन नेपालीहरुका लागि टिपिएस सुविधा प्रदान गरेको र त्यसका लागि एनआरएन मेरिल्याण्ड च्याप्टरले निशुल्क कानुनी सुविधा उपलब्ध गराएको बताए ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०७४