पाेखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मा कस्युङ खोलाले बगाएर १ महिलाको मृत्यु भएको छ।
आइतबार बिहान २४ वर्षीया दीपा गौतमलाई हरितालिका तीजको पञ्चमी नुहाउन जाँदा बगाएको र ४ घण्टापछि मृतावस्थामा फेला पारिएको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी दिए।
खोलाले बगाएपछि स्थानीयले खोजतलासका क्रममा गौतमको शव घटनास्थलबाट अन्दाजी १७ सय मिटर तल नदी किनारमा फेला पारेका थिए ।
घटना लगत्तै प्रहरीचौकी घाचोकबाट प्रहरी घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पोखरा–२४ कास्कीकोट माइती भएकी महिला गर्भवती थिइन् । उनकी साढे २ वर्षकी छोरी पनि छिन् ।
प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७