चीनको राजधानी बेइजिङका अधिकारीहरूले घर बाहिर हिँडडुल गर्दा अनिवार्य मास्क लगाउनु पर्ने नियम हटाएका छन्।
सरकारको नयाँ मापदण्डअनुसार बेइजिङका बासिन्दाले बिहीबारदेखि अर्को व्यक्तिसँग नजिकै जानुपर्दा बाहेक मास्क लगाउनु नपर्ने व्यवस्था गरिएको हो ।
१३ दिनसम्म नयाँ संक्रमित नभेटिएपछि बेइजिङका स्वास्थ्य अधिकारीहरूले नागरिकलाई मास्क नलगाई हिँड्न सक्ने बताएका हुन् ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणमा रहेको भन्दै चीनमा पछिल्ला दिनमा विभिन्न प्रतिबन्धहरु हटाइँदै लगिएको छ । केही दिनअघि मात्रै हुबेईको वुहानमा एउटा स्विमिङ पुलमा भएको पार्टीमा सयौं मानिस सहभागी भएको तस्बिर सार्वजनिक भएको थियो ।
चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा चीनमा थप २२ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । बेइजिङमा भने पछिल्लो २४ घण्टामा संक्रमण देखिएको छैन ।
प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७