काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी यस पटकको तीजमा पशुपतिनाथ मन्दिर दर्शन गर्न नजाने भएकी छिन् ।
राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण तीजको कार्यक्रममा उपस्थित नहुने जनाएको छ ।
गतका तीजमा पशुपतिनाथ दर्शन गर्ने परम्परा रहेकोमा यस पटक कोभिड- १९ विश्वव्यापी महामारीका कारण उक्त कार्यक्रममा सरिक हुन नसक्ने कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
हरेक वर्ष हरितालिका तीजमा पशुपतिनाथ मन्दिरमा महादेवका श्रद्बालुहरुको घुइँचो लाग्थ्यो। हिन्दूहरूका आराध्यदेव महादेवको पूजा गर्न विदेशबाट समेत भक्तजनहरु आउँथे। तर, पहिलो पटक यो वर्षको तीजमा पशुपति सुनसान छ।
प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७