काठमाडौं । काठमाडाैं उपत्यकामा निषेधाज्ञा लागू गरेकाे पहिलाे दिन सुनकाे मूल्यमा गिरावट आएकाे छ ।
बिहीबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटे प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
बुधबार प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज तेजाबी सुनको मूल्य ९८ हजार ३ सय रूपैयाँ कायम गरिएकाे छ ।
आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घट्दै १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७