चीनले यही वर्षको अन्त्यसम्ममा कोरोना भाइरसविरुद्धको भ्याक्सिन बजारमा ल्याउने घोषणा गरेको छ ।
चिनियाँ फर्मा कम्पनी सिनोफर्माले संयुक्त अरब इमिरेट् (युएई) मा भ्याक्सिनको तेस्रो चरणको परीक्षण भइरहेको जनाएको छ ।
यो परीक्षणपछि यही वर्षको डिसेम्बरसम्ममा बजारमा उपब्ध हुने कम्पनीको विश्वास छ ।
सिनोफार्मका अध्यक्ष लिउ जिंगझेनले स्वयं आफैंमा भ्याक्सिन परीक्षण गरेको र उनमा कुनै खालको दुष्प्रभाव नभएको कम्पनीको दाबी छ ।
परीक्षणमा रहेको उक्त भ्याक्सिनको मूल्य १ हजार युआन पर्ने बताइएको छ । चीनमा भ्याक्सिनको मूल्यलाई लिएर विवाद भइरहेको छ ।
यो मूल्य चीनका ग्रामीण भेगका आर्थिक अवस्था कमजोर भएका जनताका लागि महंगो हुने र उनीहरुले प्रयोग गर्न नसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।
यद्यपि चीनमा पछिल्लो समय समुदाय स्तरमा संक्रमण न्यून हुँदै गएको पाइएको छ ।
हाल विश्वमा करिब २ सय कोरोना भ्याक्सिनको परिक्षण भइरहेको र त्यसमध्ये २० भन्दा बढी मानिसमा परीक्षण गर्न सकिने गरी तयार गरिँदै छ ।
चीनको बेइजिङ र वुहानमा मात्रै हरेक वर्ष करोडौं संख्यामा भ्याक्सिन उत्पादन गर्न सक्ने क्षमताका कम्पनी रहेको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७