काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार रातिदेखि १ साताका लागि निषेधाज्ञा जारी गरिने भएकाे छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि १ हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हाे ।
निषेधाज्ञा लगाइएकाे अवधिका अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने छन् । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी सञ्चालन गर्न पाइने छैन भने सर्वसाधारणको आवतजावतमा पनि राेक लगाइने बताइएकाे छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निषेधाज्ञा लगाउन सक्ने अधिकार स्थानीय प्रशासनलाई दिएको थियो ।
मंगलबार काठमाडाैं उपत्यकामा हालसम्मकै बढी काेराेना संक्रमित भेटिएका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७