काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।
घिमिरेकाे पारिवारिक स्राेतका अनुसार निवासमा मंगलबार साँझ ५:५५ बजे उनकाे निधन भएको हो ।
१ सय १ वर्षका उनी पछिल्लाे समय बिरामी थिए । लमजुङमा १९७६ असोज ७ गते जन्मिएका घिमिरेले नेपाली साहित्य क्षेत्रमा अतुलनीय याेगदान गरेर गएका छन् ।
चर्चित कृति गौरी शोक काव्यका सर्जक घिमिरेले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्धलगायत अनेकाै कृति लेखेका छन् ।
नेपाली जनजिब्राेमा झुन्डिएकाे ‘गाउँछ गीत नेपाली’ जस्ता देशभक्तिका कैयाैँ गीत तथा कविता लेखेका घिमिरे सशरीर नरहे पनि तिनै सिर्जनामा भने सधैँ जीवित रहने छन् ।
उनकाे पारिवारिक स्राेतका अनुसार घिमिरेकाे अन्त्येष्टि बुधबार नेपाली सेनाले गर्ने छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७