काठमाडाैं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा विवादमा आइसब्रेक भएकाे बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत सल्लाहकार थापाले साउनमा चुलिएको विवादको कृत्रिम चुलीमा ‘आइसब्रेक’ लागेको बताएका हुन् ।
गत बुधबार एपिवान् टेलिभिजनबाट प्रसारित द ब्राभाे डेल्टा शाेमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले ५ दिनभित्रमा नेकपाको सिनारियोमा पूरै परिवर्तन आउने दाबी गरेका थिए । सल्लाहकार थापाले ओलीले भनेअनुसार नै नेकपा विवाद अन्त्य भएकाे बताएका हुन् ।
‘९ दिन लामो प्रत्यक्ष भेट र संवादहीनता तोडेर २ अध्यक्षबीच भेट सम्भव भएर साउनमा चुलिएको विवादको कृत्रिम चुलीमा ‘आइसब्रेक’ नै भइहाल्यो’, उनले भनेका छन् ।
यसैगरी थापाले विवाद समाधानका लागि २ अध्यक्षद्वारा ६ सदस्यीय कार्यदल गठनकाे सहमति घाेषणा भएर ठाेस समझदारी निर्माणकाे आन्तरिक प्रयास तीव्र पारिएकाे बताएका छन् ।
उनले भनेका छन्, 'हिजाे सम्पन्न सचिवालय बैठकले बँचेखुचेका असन्तुष्टि समेत अन्त्प गरेर कार्यदल गठनकाे प्रक्रियालाई जानरीमा लिएर अनुमाेदन गरिसकेकाे छ । आज पाँचाैं दिनकाे भाेलिपल्ट हाे ।'
प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७