भारतीय गृहमन्त्री अमित शाह पुनः अस्पताल भर्ना भएका छन् । उनी सोमबार राति नयाँ दिल्लीस्थित एम्स अस्पताल भर्ना भएका हुन् ।
कोरोना नेगेटिभ आएको ४ दिनमा थप स्वास्थ्य समस्या देखिएपछि उनलाई मंगलबार अस्पतालमा भर्ना गरिएको हो ।
उनी कोरोना संक्रमण पुष्टि भएसँगै २ साता आइसोलेसनमा बसेका थिए । गत साता मात्र नेगेटिभ रिपोर्ट आएपछि शाह अस्पतालबाट डिस्चार्ज भएका थिए ।
तर, थकान ज्यान दुख्ने लगायतका समस्या देखिएकाले उनलाई मंगलबार फेरि अस्पतालमा भर्ना गरिएको हो ।
प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७