काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षाफल सोमबार प्रकाशित गरेको छ ।
सोमबार अपरान्ह बसेको बोर्डको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि प्रकाशित गरेको हो । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलका अनुसार ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको हो ।
नतिजा टेलिफोन, एसएमएस र वेबसाइटमार्फत हेर्न सकिन बोर्डले जनाएको छ ।
गत ६ चैतका लागि निर्धारित एसइई कोराेना भाइरसकाे संक्रमणका कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा नतिजा सार्वजनिक गरिएको हो ।
प्रकाशित मिति: सोमबार, भदौ १, २०७७