काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा गएको पहिरोमा पुरिएकामध्ये २२ जनाको शव भेटिएकाे छ ।
नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोलीले सोमबार बिहान थप ३ जनाकाे शव निकालेकाे हाे ।
अहिलेसम्म भेटिएका मध्ये ३६ वर्षीया टीकामाया दोङ , १४ वर्षका छिरिङ दोङ, ८० वर्षका जिते झाक्री, ८ वर्षका मिलन दोङ, ८ वर्षका सानु दोङ, ७० वर्षका जयबहादुर दोङ, ३० वर्षकी दावाल्हामु दोङ, ५ वर्षकी प्रीति दोङ, ५ महिनाकी कान्छी दोङ, ३४ वर्षकी धनमाया दोङ छन् ।
यसैगरी ४ महिनाका रेमिस दोङ, १६ वर्षका माइलापराङ दोङ, ३७ वर्षकी मेकमाई दोङ, १९ वर्षकी च्यामा दोङ, ७ वर्षकी विमला दोङ, ७ महिनाका कबिर दोङ, ११ वर्षकी लक्ष्मी दोङ, १२ वर्षका हिन्दुस दोङ , ३० वर्षका मानबहादुर दोङ, २२ वर्षका छविलाल दोङ, ६ वर्षका सुमन दोङ, १० वर्षका सुरज दोङको शव फेला परेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १, २०७७