इलाम । भारतबाट आएर क्वारेन्टाइनमा बसेका इलामका २२ वर्षीय युवकको मृत्यु भएको छ।
इलामको सूर्योदय नगरपालिकास्थित करफोक विद्या मन्दिरमा रहेको क्वारेन्टाइनमा बसिरहेका युवकको आइतबार राति मृत्यु भएको हो ।
उनी साउन २६ गते भारतको हैदरबादबाट आएका थिए । त्यही दिनदेखि उनलाई क्वारेन्टाइनमा राखिएको थियो ।
सूर्योदय नगरपालिका ९ घर भएका ती युवकको गत साउन २९ गते स्वाब संकलन गरी मेची अस्पताल भद्रपुर पठाइएको भए पनि हालसम्म उनको रिपोर्ट आएको छैन ।
ज्वरो आउने, छाती दुख्ने लगायत स्वास्थ्य समस्या देखिएपछि आइतबार बिहान १० बजेदेखि सूर्योदय नगरपालिकाका स्वास्थ्यकर्मीको टोलीले उनको उपचार गरे पनि राति ११ बजे उनको मृत्यु भएको हाे ।
उनलाई कोरोना संक्रमण भएको आशंका गरिएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १, २०७७