काठमाडौँ । काठमाडाैं उपत्यकामा कोरोना संक्रमण तीव्र रूपमा बढ्दै गएपछि उच्च अदालत पाटनले सेवामा कटौती गरेको छ ।
आइतबार उच्च अदालतले प्रेस विज्ञप्ति जारी गर्दै सेवामा कटौती गरेकाे जनाएकाे हाे । उच्चका प्रवक्ता शम्भुप्रसाद रेग्मीले जारी गरेकाे वि॥प्तिमा भदौ १५ गतेसम्म निश्चित सेवा मात्र प्रदान गरिने उल्लेख छ ।
सर्वोच्च अदालतले शुक्रबारदेखि नै अत्यावश्यकबाहेकका सेवा कटाैती गरिसकेकाे छ ।
साेमबारदेखि उच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका निवेदन, थुनछेक आदेश उपरको पुनरावेदन, बैंकिङ कसुर र राजस्व चुहावट सम्बन्धी मुद्दाको अभियोग दर्ता, बयान, बकपत्र जस्ता काम मात्र हुने छन् ।
प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७