काठमाडाैं । महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालका २ जना डिआइजीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुबेर कडायतका अनुसार २ जना प्राविधिकतर्फका डिआइजीमा पनि संक्रमण देखिएको हो । अहिले उनीहरूको उपचार भइरहेको उनले जानकारी दिए ।
हालसम्म साे अस्पतालमा कार्यरत ३६ जनामा संक्रमण पुष्टि भइसकेको प्रहरी स्राेतले जनाएकाे छ।
अहिलेसम्म नेपाल प्रहरीमा ६ सय २० जनामा कोरोना संक्रमण देखिइसकेको छ। जसमध्ये ३ सय ८० जना उपचाररत छन् । २ सय ४० जना उपचारपछि काममा फर्किसकेका छन्।
प्रहरी प्रधान कार्यालय नक्सालमा मात्र १ सय ५५ जना प्रहरीमा कोरोना पोजेटिभ देखिएकाले उपचार गराइरहेका छन् । यो संख्या प्रहरी अस्पतालमा कार्यरत संक्रमित प्रहरीको समेत हो ।
प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७