काठमाडौं । काठमाडौंको न्युरोड क्षेत्रका एक व्यापारीमा कोरोना संक्रमण देखिएपछि विशाल बजारदेखि इन्द्रचोकसम्मका पसलहरू बन्द गरिएको छ ।
काेराेना संक्रमण थप नफैलियाेस् भन्ने उद्देश्याले काठमाडौं महानगरपालिका-२४ मा पर्ने उक्त क्षेत्रका सबै पसलहरु बन्द गरिएकाे हाे ।
भदौ ७ गतेसम्म त्यस क्षेत्रका सबै पसल बन्द गर्न वडा कार्यालय अनुरोध गरेको छ ।
वडा कार्यालयले जारी गरेकाे सूचनामा भनिएकाे छ, ‘न्युरोड क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्नुपर्ने अति आवश्यक देखिएको हुँदा उक्त क्षेत्रमा मिति २०७७ साउन ३० देखि भदौ ७ गतेसम्म जुद्ध शालिकदेखि इन्द्रचोकसम्म पसल व्यवसाय बन्द गरी कोरोना संक्रमण फैलिनबाट बच्नका लागि सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ ।’
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७