विराटनगर । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि विराटनगर महानगरपालिकाले जारी लकडाउन १ साता लम्ब्याउने निर्णय गरेकाे छ ।
महानगरले यसअघि साउन १६ गतेबाट दुई सातालाई ‘लकडाउन’ गरेको थियो । शुक्रबार अघिल्लो ‘लकडाउन’ को समयअवधि सकिँदै गर्दा महानगरको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बिहीबार बसेको बैठकले पुनः १ साता ‘लकडाउन’ गर्ने निर्णय गरेको हाे ।
महानगरले सूचना जारी गरी भदौ ५ गतेसम्म लकडाउन जारी रहने जनाएको छ । १ हप्ता लकडाउन गरिएपछि संक्रमणको अवस्था हेरेर थप लकडाउन गर्ने वा अन्य विकल्प अपनाउने बारेमा छलफल हुने विराटनगर महानगरका प्रमुख भीम पराजुलीले बताए।
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७