राम जन्मभूमि ट्रस्टका अध्यक्ष महन्थ नित्य गोपाल दासलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
गाेपालदास भारतको अयोध्यामा केही समयअघि राम मन्दिर शिलान्यास कार्यक्रममा भारतीय प्रधानमन्त्रीसँगै सहभागी भएका थिए ।
८२ वर्षीय गोपाल दास बुधबार कृष्ण जन्माष्टमी मनाउनका लागि मथुरा पुगेका थिए । बिहीबार बिहान अचानक उनको स्वास्थ्यमा समस्या देखिएपछि गरिएको परीक्षणमा कोरोना पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उपचारका लागि मेदान्त अस्पताल पठाइएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७