काठमाडौं । नेपालमा सुनकाे मूल्यमा भारी अंककाे उतारचढाव देखिएकाे छ ।
बुधबार प्रतितोला ६ हजार २ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार प्रतितोला २ हजार ४ सय रुपैयाँले बढेको छ ।
बिहीबारका लागि छापावाल सुनकाे मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ कायम गरिएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि बुधबार मंगलबारको तुलनामा ६ हजार २ रुपैयाँले घटेर प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन ९७ हजार ३ सय रुपैयाँ प्रतिताेला कारोबार भएको छ । यसैगरी बिहीबार चाँदीको मूल्य पनि प्रतितोला ८५ रुपैयाँले बढेेको छ ।
बिहीबारका लागि चाँदीको मूल्य १ हजार २ सय ९५ रुपैयाँ तोकिएको छ । यसअघि बुधबार चाँदी १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७