भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
काेराेना संक्रमण पुष्टि भएका उनलाई १० अगस्टमा दिल्लीको आर एन्ड आर अस्पतालमा भर्ना गरिएकाे थियाे । उनकाे अवस्था बिग्रिँदै गएपछि अहिले भेन्टिलेटरमा राखिएको छ ।
उनको मष्तिष्कमा जमेको रगत हटाउन सोमबार शल्यक्रिया गरिएको थियाे । अस्पतालले विज्ञप्ति जारी गर्दै मुखर्जीको अवस्था चिन्ताजनक रहेको र भेन्टिलेटर सपोर्टमा राखिएको जनाएको छ।
अस्पतालका अनुसार उनी अचेत अवस्थामा छन् । मुखर्जीको स्वास्थ्यमा आज बिहानदेखि कुनै बदलाव आएको छैन ।
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७