काठमाडाैं । ३ दिनदेखि सम्पर्कविहीन रहेका कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् ।
मकवानपुरस्थित वाग्मती नदीमा मंगलबार मृत फेला परेको शव बानियाँको भएको प्रहरीले पुष्टि गरेको छ ।
महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको हो । हाल उनको शव हेटौंडा अस्पतालमा राखिएको छ ।
सोमबार नै बल्खुमा अन्तिम सम्पर्कमा देखिएका बनियाँलाई बागमतीले बगाएर त्यहाँ पुर्याएको हुनसक्ने अनुमान गरिएको छ ।
बानियाँ पछिल्लोपटक एक दशकभन्दा अघिदेखि कान्तिपुरमा कार्यरत थिए । त्यसअघि पनि उनले कान्तिपुर, नागरिकलगायतमा सम्बद्ध रही पत्रकारिता गरेका थिए ।
प्रकाशित मिति: बुधबार, साउन २८, २०७७