काठमाडाैं । कान्तिपुर दैनिकमा कार्यरत वरिष्ठ पत्रकार बलराम बानियाँ ३ दिनदेखि सम्पर्कविहीन भएका छन् ।
उनी ३ दिनदेखि बेपत्ता भएको भन्दै कान्तिपुर दैनिकका तर्फबाट उजुरी परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
उनले प्रहरीले अनुसन्धान गरिररहेको बताए । बानियाँ परिवारका सदस्यले अपराध महाशाखालाई पनि हराएकोबारे जानकारी दिएका छन् ।
यसैबीच, सम्पर्कविहीन बानियाँले लगाएको जुत्ता बल्खु चोक नजिकै खोलामा भेटिएको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार बानियाँले लगाएको जुत्ता खोलामा फेला परेको हो ।
बानियाँकी छोरीले फेला परेको जुत्ता आफ्नो बुबाको भएको पुष्टि गरेको प्रमुख थापाले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, साउन २८, २०७७