काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सब–डिभिजन वन कार्यालय मैनामैनी उदयपुरका प्रमुख (सहायक वन अधिकृत) शिवनारायण यादवसहित ६ जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीसँग १७ हजार रुपैयाँ घुस लिएको उजुरीपछि आयोगको टोली सहितको प्रहरीले उनीहरुलाई पक्राउ गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारी बताए।
पक्राउ पर्नेमा शिवनारायण यादव, सव–डिभिजन वन कार्यालय लालबजार रामपुर उदयपुरका प्रमुख (सहायक वन अधिकृत) विनोद कुमार साह, फोरेस्टर रमेश राई, सब– डिभिजन वन कार्यालय मैनामैनी उदयपुरमा कार्यरत फोरेस्टर विशेश्वर चौधरी, वन रक्षकद्वय शैलेन्द्र झा र मनोजकुमार राउत छन्।
प्रहरीले पक्राउ गरेकालाई आयोगकाे जिम्मा लगाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २८, २०७७