डोटी । डोटीको पुर्वी चौकी गाउँपालिका वडा नं १ तल्लो फुलोटमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
धनगढी बाट अछामका लागि छुटेको ना ६ ख २५२९ नम्बर को गाडी बुधबार बिहान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा अछामको बान्नीगढी जयगढ गाउँपालिका ३ का ५९ वर्षीय पदम साउद, चौरपाटी गाउँपालिका ७ का ३१ वर्षीय टीकाराम विक र साँफेबगर नगरपालिका २ का ५५ वर्षीय लक्ष्मीदेवी विक रहेको प्रहरीले जनाएको छ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल डोटी लगिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।
दुर्घटनामा परी कैलाली गोदावरी नगरपालिका-२ अत्तरिया घर भएका बसका चालक हेमबहादुर खत्रीसहित ३४ जना घाइते भएका छन् । घाइतेहरुको डोटी जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेहरुमध्ये १२ जना गम्भीर भएको अस्पतालले जनाएको छ । उनीहरुमध्ये ७ जनालाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था रहेको अस्पतालले जनाएकाे छ ।
घाइते हुनेहरुमा जनाली ५ का ३० वर्षीय रवि विक, ३८ वर्षकी धना साउद, ३० वर्षका भरोशा जनाला, १७ वर्षीय उमेश जनाला, २५ वर्षीय रमेश जनाला, २२ वर्षकी खिमा जनाला, २ वर्षकी सृष्टि जनाला, २१ वर्षका दिनेश शाही, २२ पार्वती नचेल, २९ वर्षका मनोज नचेल, १६ वर्षका खेमराज भोटेल, साढे ५ वर्षका रोशन नचेल, १८ वर्षका सुरेश विक, ४० वर्षकी गौरी ढुङ्गाना, १० वर्षका प्रकाश थापा, ३९ वर्षका राम बहादुर रावल छन् ।
यस्तै २१ वर्षका धिरेन्द्र नेपाली , ३१ वर्षका दीपेन्द्र शाही, १५ वर्षकी भरु जनाला, २९ वर्षका नराज विक, २२ वर्षका गणेश साउद, १५ वर्षका दिनेश शाही, १६ वर्षका अर्जुन साउद, २९ वर्षकी अस्मिता भण्डारी, १० महिनाका विजय भण्डारी, ५ वर्षकी दुर्गा भण्डारी, २३ वर्षका भरत साउद, ४५ वर्षकी कल्धरी कामी, वर्ष ३० रवि विक, २२ वर्षकी गिता कामी र २७ वर्षका हेमन्त साउद घाइते भएका छन् ।
बसमा चालकसहित ३३ जना थिए । बस चालक निदाएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रकाशित मिति: बुधबार, साउन २८, २०७७