काठमाडाैं । पछिल्लाे समय लगातार बढ्दै गएकाे सुनकाे मूल्य बुधबार अप्रत्याशित रूपले घटेकाे छ ।
बुधबार एकै दिन सुनको मूल्य प्रतितोला ६ हजार २ सय रुपैयाँ घटेको हो । मंगलबार १ लाख १ हजार ६ सय रुपैयाँ प्रतिताेला कारोबार भएको छापावाल सुनको मूल्य आज ९५ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।
आज चाँदीको मूल्यमा पनि २ सय २५ रुपैयाँ गिरावट आएको छ । मंगलबार १ हजार ४ सय ३५ मा कारोबार भएको चाँदी आज १ हजार २ सय १० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २८, २०७७