काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले नेविसंघका ८ कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।
स्थगित परीक्षा सञ्चालन गर्नुपर्ने लगायत आफूहरूका मागमा त्रिवि पदाधिकारीले वार्ता नगरेको तथा आफ्ना कार्यकर्ताविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको भन्दै नेविसंघ कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार र शिक्षाध्यक्षको कार्यालयमा तोडफोड गरेका थिए ।
नेविसंघका महासचिव दीपक भट्टराईले शान्तिपूर्ण आन्दोलनका क्रममा नेताहरु सम्झना खत्री, सञ्जय चौधरी, हरिप्रसाद जोशी, रामबहादुर थामी, रमेश कुँवर, विष्णु बडैला, मनोज कुँवरलाई पक्राउ गरेको जानकारी दिए ।
उनले पक्राउ परेका विद्यार्थी नेताहरुको तत्काल रिहाइको माग गर्दै रिहा नगरे आन्दोलन गर्न बाध्य भइने चेतावनी पनि दिए ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७