लेबनानका प्रधानमन्त्री हसन दीबले राजिनामा दिएका छन्। राजधानी बेरुतमा गत मंगलबार भएको शक्तिशाली विस्फाेटपछि जनस्तरमा आक्रोश बढ्दै गएसँगै प्रधानमन्त्री दीबको मन्त्रिमण्डलले राजिनामा दिएको हो।
२ सय जनाको मृत्यु तथा ६ हजार घाइते हुने गरी भएको विस्फाेटपछि सरकार परिवर्तनको माग भएको थियो। आक्रोशित समूहले आन्दोलन गर्दै आएका थिए।
प्रधानमन्त्री दीबले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै राजिनामा दिएको घोषणा गरेका थिए ।
विस्फाेटपछि राजधानीको एक बन्दरगाहमा भण्डारण गरिएको २ हजार ७५० टन एमोनियम नाइट्रेट व्यवस्थापन गर्न नसकेको तथा भ्रष्ट्राचार भएको आरोप सरकारलाई लागेको छ। भण्डारण गरिएको सोही एमोनियम विस्फाेट भएको थियो।
यसैबीच राष्ट्रपति माइकल इयोनले प्रधानमन्त्री दीबको राजीनामा स्वीकृत गरेका छन् । राजीनामा स्वीकृतसँगै उनले नयाँ सरकार गठन नभएसम्मका लागि कामचलाउ सरकारका रूपमा दीबकै सरकार रहने बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७