भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
मुखर्जीले ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका मानिसहरुलाई आइसोलेसनमा जान पनि आग्रह गरेका छन् ।
मुखर्जी उपचारका लागि सोमबार अस्पताल भर्ना भएका छन् । ‘अर्कै कामका लागि अस्पताल जाँदा मलाई कोभिड १९ को पोजिटिभ रिपोर्ट आएको छ । गत साता मसँग जोडिन आउनुभएका व्यक्तिहरुलाई म आइसोलेसनमा जान आग्रह गर्दछु,’ मुखर्जीले भनेका छन् ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७