काठमाडौँ । एभरेस्ट बैंकको मुख्य कार्यालयमा कार्यरत २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार केन्द्रीय कार्यालयका १ सय ५२ जना कर्मचारीको पिसिआर परीक्षण गरिएकामा २ जनामा काेराेना पोजेटिभ देखिएको बैंकले जनाएकाे छ।
कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि २ दिनका लागि कार्यालयकाे सेवा बन्द गरिएको छ । बुधबारदेखि नियमित रुपमा मुख्य कार्यालयबाट सेवा सुचारु हुने बैंकले जनाएको छ ।
संक्रमण नदेखिएका कर्मचारीहरुलाई होम आइसोलेसनमा राखिएको छ । मुख्य कार्यालय बन्द भए पनि बैंकको अरु शाखा कार्यालयबाट हुने सेवा नियमित रहेको बैंकले जानकारी दिएकाे छ ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७