काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई फेरि 'वर्क फ्रम हाेम' सिस्टम लागू गर्न परिपत्र गरेकाे छ ।
आइतबार राष्ट्र बैंकले परिपत्र गर्दै घरैबाट काम गर्न र अत्यावश्यक पर्ने शाखाहरु न्यूनतम कर्मचारीहरु मात्रै राखेर सञ्चालन गर्न निर्देशन दिएको हाे ।
निर्देशनमा नेपाल सरकारबाट जारी स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डलाई पालना गर्दै सेवा प्रवाहमा निरन्तरताको लागि विजनेस कन्टिन्युटी प्लान तयार गर्दै आवश्यकता अनुसार आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएको छ ।
राष्ट्र बैंकले सरकारले विभिन्न स्थानमा लागू गरेको लकडाउन, निषेधाज्ञा, सवारीसाधनको जोरबिजोर प्रणालीलाई समेत मध्यनजर गर्दै फेरि वर्क फ्रम होम व्यवस्था मिलाएर कार्यसम्पादन गराउन भनेको छ ।
यस्तै संस्थाको प्रदेश तथा शाखा कार्यालयहरुले पनि न्यूनतम कर्मचारीहरुबाट वैकल्पिक रुपमा आलोपालो सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले भनेको छ ।
हेर्नुहाेस् राष्ट्र बैंककाे निर्देशनः

प्रकाशित मिति: आइतबार, साउन २५, २०७७