काठमाडौं । अघिल्लाे साता निराशजनक अवस्थाले घटेको नेप्से यो साताको पहिलो दिनमा भने केही सुधार देखिएकाे छ । आइतबार नेप्से ११.३० अंकले बढेर १ हजार ३९२.६८ अंकमा पुगेकाे छ ।
आइतबार बजार खुलेको केहीबेरमा दोहोरो अंकले ओरालो लागेको नेप्से बजार बन्द हुने समयसम्म भने दोहोरो अंकले उकालो लागेर बन्द भएको हाे ।
आइतबार नेप्सेमा १ सय ८७ कम्पनीको ३२ लाख १२ हजार ३ सय ७९ कित्ता सेयर किनबेच हुँदा ९७ करोड ९८ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
सेयर बजारमा होटल समूहबाहेक कारोबारमा आएका सबै समूहकाे काराेबार सुखद् रह्याे । सबैभन्दा बढी जीवन बीमा १ सय २९ र निर्जीवन बीमा १ सय ३ अंकले उकालो लागेका छन् भन होटल समूह २७ अंकले घटेको छ।
आइतबार अजोड इन्स्योरेन्स र साधना लघुवित्तको सेयर मूल्यमा पाेजेटिभ सर्किट लागेको छ । त्यस्तै नेपाल बैंकको सेयर मूल्य पनि ६.४८ प्रतिशतले बढेकाे छ ।
यस्तै आइतबार गुमाउने शीर्ष ५ कम्पनीमा गणपति माइक्रोफाइनान्स, आरम्भ चौतारी लघुवित्त, युनियन हाइड्रोपावर , हिमालयन हाइड्रोपावर र आईसीएफसी फाइनान्स छन् ।
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७