बलिउड अभिनेता सञ्जय दत्त अस्पतालमा भर्ना भएका छन् । शरीरमा अक्सिजनको तह कम भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।
६१ वर्षीय दत्तलाई मुम्बइको लिलावती अस्पतालमा भर्ना गरिएकाे हाे । काेराेना भाइरसकाे संक्रमणकाे आशंकामा उनकाे स्वाब परीक्षण गरिएकाे बताइएकाे छ । यसअघि गरिएकाे आरडिटीमा भने नेगेटिभ रिपाेर्ट आएकाे थियाे ।
दत्तले सामाजिक सञ्जालमा ट्विट गर्दै आफ्नो स्वास्थ्य सामान्य रहेकाे र डाक्टरको निगरानीमा उपचार भइरहेकाे बताएका छन् ।
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७