भारतको आन्ध्रप्रदेशमा कोरोना भाइरसका संक्रमित राख्न प्रयोग गरिएको होटलमा आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
विजयवाडाको स्वर्ण प्यालेस नामक होटलमा सर्ट सर्किटका कारण आगलागी भएको हुन सक्ने बताइएको छ ।
बिबिसीका नुसार विजयवाडामा रहेको उक्त होटलमा आइतबार बिहान ५ बजेतिर आगो लागेको हो । होटलभित्र रहेका २० जनाको उद्धार गरिएको छ।
मुख्यमन्त्री वाइएस जगनमोहन रेड्डीले घटनाको छानबिन गर्न निर्देशन दिएका छन् भने आगलागीमा परी ज्यान गुमाउनेका परिवारलाई ५० लाखका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।
भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७