काठमाडौं । काठमाडाैंकाे गाेंगबुमा बीभत्स तरिकाले हत्या गरिएकाे अवस्थामा १ जनाकाे शव भेटिएकाे छ ।
गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउकोबिनाको शव फेला परेको छ भने टाउको भने ३ सय मिटर टाढा भेटिएको छ ।
सुटकेशबाट रगत बगिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता राजकुमार केसीका अनुसार सुटकेसभन्दा करिब ३ सय मिटरको दूरीमा जेब्रा झोलामा खुट्टा र टाउको फेला परेको हाे ।
शवको पहिचान भएको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७