काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई पितृशोक परेको छ ।
पछिल्लाे समय समाजसेवामा सक्रिय रहेका माेहन बस्नेतका बुबा खड्गबहादुरको ८४ वर्षको उमेरमा मृत्यु भएकाे हाे । स्वास्थ्यमा समस्या आएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनकाे मृत्यु भएको हो ।
यसैबीच नेपाली कांग्रेस संसदीय दलले खड्गबहादुर बस्नेतको मृत्युप्रति दुःख व्यक्त गरेको छ । प्रमुख सचेतक बालकृष्ण खाँणले शोक विज्ञप्ति जारी गर्दै बस्नेतको निधनले कांग्रेसलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने सन्तानलाई जन्म दिएकोका स्व. बस्नेतले आफ्ना सन्ततिलाई सदैव देश, लोकतन्त्र र आमनागरिकको हितमा समर्पित रहन प्रेरित गर्दै आएकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७