श्रीलंकामा भएको संसदीय निर्वाचनमा सत्तारुढ श्रीलंका पिपुल्स फ्रन्ट (एसएलपीपी) ले २ तिहाई मत ल्याएर विजयी भएको छ।
बुधबार भएको निर्वाचनमा संसदको २ सय ४५ सिटमध्ये एसएलपीपीले १ सय ४५ स्थानमा जित हासिल गरेकाे हाे ।
निर्वाचनमा ५ सिट एसएलपीपीको सहयोगी पार्टीलाई प्राप्त भएको छ। एसएलपीपीले अन्य ५ दलसँग मिलेर गठबन्धन बनाउन सक्ने आँकलन गरिएको छ।
प्रमुख विपक्षी पार्टी भने ५४ सिटमा खुम्चिएको छ।
श्रीलंकन राष्ट्रपति गोटब्या राजापाक्षेले देशमा सम्पन्न संसदीय चुनावमा आफ्नो पार्टीको ठूलो जित भएको घोषणा गरेका छन् ।
यो जीतसँगै उनका भाइ महिन्दा राजापाक्षेलाई फेरि प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । महिन्दा नै गत नोभेम्बरदेखि कार्यवाहकको भूमिकामा छन् ।
श्रीलंकामा एसएलपीपीले ९ महिना पहिला राष्ट्रपति चुनेको थियो। त्यसपछि गोटाबाया राजापाक्षेले १८ नोभेम्बरमा शपथ लिएका थिए।
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७