काठमाडाैं । एकैदिन २० जना कर्मचारीमा काेराेना भाइरसकाे संक्रमण देखिएपछि अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे कार्यालय सिल गरिएकाे छ ।
यसअघि आयाेगका १५ कर्मचारीमा काेराेना देखिएकाे थियाे । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मंगलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको संक्रमण देखिएको जानकारी दिए ।
संक्रमण देखिएका अधिकांश फ्रन्टलाइनमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मी छन् ।
अख्तियार कार्यालय सिल गरिएपछि अत्यावश्यक कामबाहेक अन्य कर्मचारी, प्रमुख आयुक्त, आयुक्तहरू पनि कार्यालय गएका छैनन् ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७