भारतमा कोराेना विशेष अस्पतालमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ ।
भारतको पश्चिमी सहर अहमदावादमा रहेको कोभिड अस्पतालमा बिहीबार आगलगाी हुँदा सिसियूमा रहेका ८ जनाको मृत्यु भएको हो ।
फायर डिपार्टमेन्टका वरिष्ठ अधिकारी राजेश भाटले सर्ट सर्किटका कारण १ कर्मचारीको पीपीई किटमा आगो टिप्दा सिंगो अस्पतालमा नै आगो फैलिएको हो ।
प्रहरीले अस्पतालका एक निर्देशकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेकाे जनाएकाे छ ।
तीनपटक गुजरातका मुख्यमन्त्री भइसकेका प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति दु:ख व्यक्त गर्दै भनेका छन्, 'पीडितका परिवारलाई प्रशासनिक सहयोग उपलब्ध गराइने छ।'
हालका मुख्यमन्त्री विजय रुपानीले पनि उक्त घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अपर्ण गर्दै घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७