इटहरी । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सुनसरीमा बिहीबार बिहानदेखि निषेधाज्ञा जारी गरिएको छ ।
बुधबार राति १२ बजेदेखि लागू हुने गरी साउन २६ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
सडकमा भीडभाड भएकाले कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रजिअ पोखरेले जानकारी दिए ।
निधाधाज्ञा उल्लंघन गर्ने र अटेर गर्दै घरबाहिर निस्किएको पाइए संक्रामक रोग ऐन २०२० तथा प्रचलित कानुनबमोजिम सजाय हुने बताइएको छ ।
अत्यावश्यक सेवा, स्वास्थ्यकर्मी र सरकारी सेवाबाहेक अरू कसैलाई घर बाहिर ननिस्कनसमेत जिल्ला प्रशासन कार्यालयले अपिल गरेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७