काठमाडाैं । काठमाडाैंकाे कपनस्थित केयर बाल गृहबाट ११ जना बालिकाको उद्धार गरिएको छ ।
राष्ट्रिय बालअधिकार परिषद् र केन्द्रीय बालबालिका खोजतलास समन्वय केन्द्रले बुधवार बुढानिलकण्ठ नगरपालिकामा रहेको सो बालगृहबाट बालिकाको उद्धार गरेको हो ।
अधिकारीले केही दिनअघि चउरमा बेवारिसे शिशु भेटिएकाे झुटाे प्रचार गरेकी थिइन् । शिशुकै आमासँग शिशु जिम्मा लिएकाे र बेवारिसे भनी सहयाेग रकमसमेत उठाउन थालेपछि उनी अनुसन्धानकाे दायरामा तानिएकी छिन् ।
सञ्चालिका अनुसन्धानको दायरामा आएपछि त्यहाँ बस्ने बालबालिकाको केयर नहुने हुनाले त्यहाँ राखिएका बालबालिकाको उद्धार गरिएको बताइएको छ ।
उद्धार गरिएका बालिकाहरूलाई केही समयका लागि मापदण्ड पूरा भएको गृहमा राखिने बताइएकाे छ ।
केयर बाल गृहकी संस्थापक पुष्पा अधिकारीले १५-१६ जना बालबालिकाको संरक्षण गर्दै आएकी बताएकी थिइन् ।
अन्य बालबालिकाहरू ठूलो भइसकेको हुँदा त्यही राखिएको चन्दले जानकारी दिए।
परिषदले अधिकारीलाई कारबाही गर्न महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पत्राचार गर्ने उनले बताए ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७