काठमाडौं । ललितपुरको बंगलामुखी आसपास केन्द्रबिन्दु भएर बुधबार दिउँसो भूकम्प भएको छ ।
बुधबार दिउँसो ४ बजेर ३० मिनेट जाँदा ३.५ म्याग्निच्युड रेक्टरस्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का उपत्यकाको विभिन्न स्थानमा महसुस गरिएको थियो ।
यसअघि मंगलबार राति पनि थापाथली केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएकाे थियो ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७