काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७६’ का लागि ७ वटा पुस्तक छनोट गरेको छ । गुठीलाई प्राप्त १ सय ५१ पुस्तकमध्ये ७ वटा पुस्तक छनोटमा परेका हुन् ।
यस वर्ष मदन पुरस्कारका लागि मनोनयनमा परेका पुस्तकहरुमा विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ‘परित्यक्ता’, योगी धर्महारसको ‘महारसनिघण्टु(खण्ड१–३)’, चन्द्रप्रकाश बानियाँको ‘महारानी’, ललित विष्टको ‘मोहपथ’ र शारदा शर्माको ‘यात्रामा’ छन् ।
सार्वजनिक भएका ७ पुस्तकमध्येबाट एउटा पुस्तकले 'मदन पुरस्कार–२०७६' पाउने छ ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७