धरान । सुनसरीकाे धरान उपमहानगरपालिकामा पनि १ हप्ताका लागि लकडाउन घाेषणा गरिएकाे छ ।
समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको भन्दै बुधबार राति १२ बजे देखि लागू हुने गरी २ हप्ताका लागि लकडाउन गर्ने निर्णय भएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले जानकारी दिए ।
उपमहानगरको बुधबार बिहान बसेको बैठकले स्वास्थ्य क्षेत्र बाहेक अन्य सबै क्षेत्र साउन २८ गते सम्म बन्द गर्ने निर्णय गरेकाे छ ।
अहिलेसम्म धरानमा कोरोना संक्रमितको संख्या २८ पुगेको छ भने तीमध्ये ९ जना समुदायका स्थानीयमा संक्रमण देखिएको छ ।
समुदायस्तरमा कोरोना फेलिएकाे भन्दै सुनसरीको इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका र दुहबी नगरपालिकाले यसअघि नै लकडाउन घोषणा गरिसकेका छन् ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७