काठमाडाैं । नेपालकाे निजी क्षेत्रले चलाएकाे अग्रणी दूरसञ्चार सेवा प्रदायक एनसेलमा अब सर्वसाधारण जनताले पनि सेयर हाल्न पाउने बाटाे खुला भएकाे छ ।
कम्पनी ऐनको प्रावधानअनुसार एनसेल पब्लिक कम्पनीमा परिणत भएको हो। पब्लिक कम्पनीमा गएसँगै एनसेलले आइपिओ जारी गर्ने बाटो खुलेको छ ।
साउन १९ गतेको निर्णय बमोजिम नाम परिर्वतन भएको कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । यससँगै अब कम्पनीको सम्पूर्ण कामहरु एनसेल आजियाटा लिमिटेडको नामबाट हुने कम्पनीले जनाएको छ ।
कम्पनी ऐनअनुसार ५ करोड चुक्ता पुँजी भएको दूरसञ्चार कम्पनी पब्लिक कम्पनीमा जानुपर्ने प्रावधान छ । एनसेलको चुक्ता पुँजी १० करोड रुपैयाँ छ ।
एनसेल पलिब्क कम्पनीमा परिणत भएसँगै एनसेल प्रालिको नाम परिवर्तन भई एनसेल अजियटा लिमिटेड भएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७