कैलाली । कैलालीको मोहना नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका २ जना किशोरको शव फेला परेको छ ।
धनगढी उपमहानगरपालिका–१३ श्रीलंकाका १५ वर्षीय सन्दीप चौधरी र १२ वर्षीय अरुण चौधरीको शव मंगलबार बिहान भेटिएको प्रहरीले जनाएको छ ।
मोहना नदीमा आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका उनीहरुको शव बगेको स्थानबाट झण्डै डेढ किलोमिटरको दूरीमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपशम्शेर जबराले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७